कथा साबिती माथि नाटक मञ्चन हुने

 

काठमाडौँ । साहित्यकार जगदीश घिमिरेको कथा साबिती माथि थिएटर भिलेजले नाटक मञ्चन गर्ने भएको छ । विमल सुवेदीको निर्देशनमा बन्ने नाटक असार १७ देखि शिल्पी थिएटरमा मञ्चन हुने बताइएको छ ।

नाटकमा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, सुजन वली र साजनकुमार सुनुवारको अभिनय रहनेछ । अनुराधाले यसअघि नेपाली नाटक ुखुमाु र ुबाँकी उज्यालोु मा अभिनय गरेकी थिइन् । ुसाबितीुमाथि यसअघि २०७० मा थिएटर भिलेजले यसै नाटकमार्फत शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट ुसत्यमोहन जोशी नाटक घरु उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो । तर प्राविधिक कारणले पहिलो सो नसकिँदै रोकियो ।

त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भयो । त्यही वर्ष भारतकै जम्मूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनायो । हिन्दी भाषामा रूपान्तरित नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः प्रस्तुति गर्न लागिएको निर्देशक सुवेदी सुनाउँछन् । नाटकलाई निर्देशक सुवेदीसँगै मिलेर सुरज सुवेदीले रूपान्तरण गरेका हुन् ।

ताजा अपडेट