एजेन्सी । दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती अधिकारीले बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको गरिबी निबारण कार्यक्रमले विकासको पूर्वाधार पुर्याउन कठिन हुने उच्च हिमाली क्षेत्रको पातलो बस्तीलाई एकिकृत बस्ती बनाई उनीहरूलाई आधुनिक जीवनशैली विकास गर्ने नीति अन्तर्गत चीनमा हजारौँ मानिस लाभान्वित बनेका छन् । उनले भने, “स्थानान्तरण योजनाले पर्यावरणीय सुरक्षा र उत्तम जीवनको मानिसहरूको दुबै मागलाई ध्यानमा राख्दै जन–केन्द्रित विकास विचार प्रतिबिम्बित गर्छ ।”
आगामी डेड महिनामा समुद्री सतहभन्दा ४,५०० मिटरमाथिको औसत उचाइ भएका ठाउँहरूबाट स्थानीयहरूलाई तीन हजार ६०० मिटरको उचाइ रहेको शानन शहरमा ल्याइनेछ ।
यस क्षेत्रको समग्र तिब्बतको एक सयभन्दा बढी शहरमा सञ्चालित स्थानान्तरण योजनाले आठ वर्षमा एक लाख ३० हजार नागरिकको जीवनयापनलाई परिवर्तन गरेको छ ।