खैरहनीमा सवारी दुर्घटना, नौजना घाईते

चितवन, फागुन ११ ।
पूर्व पश्चिम राजमार्ग स्थित चितवनको खैरहनी नगरपालिकामा आज भएको सवारी दुर्घटनामा नौ जना घाईते भएका छन् ।
खैरहनी नगरपालिका वडा नम्वर ९ बैरेनीमा आज बिहान बस र टिपर एकआपसमा ठोक्किदा नौ जना घाईते भएका हुन् ।
पश्चिम तर्फ आउदैं गरेको ना ७ ख ७९८२ नम्वरको ट्रिपर र पूर्वतर्फ जादै गरेकोे बा २ ख ६७१८ नम्वरको बस एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ । घाईतेहरुको भरतपुर स्थित मेडिकल कलेजमा उपचार भैरहेको छ । घाइते सबैको अवस्था सामान्य छ ।

शेयर गरौ

ताजा अपडेट