भरतपुर महानगरको एघारौ नगरसभा सम्पन्न : ५ अर्व ७४ कराेडकाे बजेट पारित

चितवन । भरतपुर महानगरपालिकाको शुक्रबार सुरू भएको एघारौ नगरसभा नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्व ७४ करोड बराबरको बजेट पारित गर्दै आइतबार सम्पन्न भएको छ । नगरसभाले आर्थिक वर्ष ०७९/०८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो ।
सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ । सभामा बोल्दै प्रमुख रेनु दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताउनुभयो ।
‘महानगरबाट पनि राजनैतिक आस्थाको आधारमा भेदभाव गरिने छैन, ‘उहाँले भन्नुभयो, ‘विगतमा पनि त्यो किसिमको वातावरण थिएन । अबको कार्यकालमा पनि हुनु हँदैन । सहमति सहकार्य र एकजुट भएर भरतपुरको विकासमा सर्मपित हुन सबैलाई आग्रह गर्छु ।’
सभालाई सम्बोधन गर्र्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यस पटकका जनप्रतिनिधिहरु सबै जना युवा समूहबाट भएकाले रचनात्मक कार्यका साथ भरतपुरको विकासमा केन्द्रीत हुनुपर्ने उल्लेख गर्नुभयो ।
महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समधानको लागि सधै सल्लहा सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गर्नुभयो । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने बताउनुभयो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडा अध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोल्नुभएको थियो ।

शेयर गरौ

ताजा अपडेट