चितवन, १२ असार । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री उमा रेग्मीले लैगिंक हिंसालाई कम गर्दै हिंसा विरुद्धका कार्यक्रम ल्याउने बताउनु भएको छ ।
उहाले महिलाहरुको सम्रग विकास गर्नका लागि मन्त्रालयले महिला पहिला भन्ने नारासहित कार्यक्रम संचालन गर्ने तयारी गरेको बताउनु भयो । मन्त्रालयले चितवनको भरतपुरमा आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई संबोधन गर्दै बताउनु भएको हो ।
मन्त्री रेग्मीले ९५ प्रतिशत भन्दा वढि हिंसा घर भित्र हुने गरेको भन्दै हिंसा विरुद्धको अभियानमा पुरुषहरुलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुवात गर्ने जानकारी दिनुभयो ।
घरेलु हिसां बिरुद्धको अभियान साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक छ उहाले भन्नुभयो । महिलाहरुको उद्यमशीलता प्रवद्र्धनका लागि मन्त्रालयले बिभिन्न किसिमका सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम संचालन गरेको छ मन्त्री रेग्मीले भन्नुभयो ।
असार ३ गतेबाट १० दिनसम्म संचालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरुको सहभागीता रहेको थियो । मन्त्रालयको महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा सरोज अधिकारी, शान्ति दाहाल र रत्ना घिमीरेले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको संयोजन तथा सहजीकरण भवानी अधिकारीले गर्नु भएको थियो ।
सहभागीहरुले तालिमले उद्यमी महिलाहरुलाई उद्यमशिलताको बहुआयामिक पक्षहरुको विषयमा जानकारी गराएको भन्दै उत्पादनको बजारीकरणका लागि सहज वातावरण बनाउन सके महिलाहरु व्यवसाय मार्फत अगाडि बढ्न सक्ने बताएका थिए ।