भरतपुर विमानस्थलको टावर नजिक आगलागी

 

चितवन १२ असार । भरतपुर विमानस्थलको टावरनजिकै आगलागी भएको छ । आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ ।

आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताउनु भयो ।

उहाका अनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो ।

बिजुलीको तार, इन्टरनेटको र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने अधिकारीले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट