कास्कीको लुम्लेमा भारी वर्ष सतर्क रहन आग्रह

पोखरा १२ असार । काठमाडौँ उपत्यकासहित देशका धेरै भू भागमा गए रातिदेखि लगातार पानी परिरहेको छ । कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टा अति भारी वर्षा मापन भएको छ ।

 

आसपासको साना खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै नारायणी र यसका साना सहायक नदीहरुमा जल सतह बढ्न सक्ने, कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, वागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव बढ्ने पूर्वानुमान छ ।

गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

शेयर गरौ

ताजा अपडेट