पोखरा ११ असार । लगातारको बर्षाका कारण पोखरा २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका छन् ।
पहिरोले विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिएका छन् । क्षतिको यकिन विवरण भने नआइसकेको उनले बताए ।
पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको हो । उक्त क्षेत्रको बस्तीमा करिब ढेड सय बढी घर रहेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
उनले भने, ‘टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरु कोही आफन्तकोमा गएका छन्, भने बसैलाई मन्दिरमा राखिएको छ ।’ पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् ।