माडी ११ असार। माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १ अर्ब ७ करोड ८० लाख ८२ हजार ७० हजार रूपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको नवौँ नगरसभामा नगर उपप्रमुख खेमप्रसाद महतोले चालूतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन रहेको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा, अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट ६१ करोड २२ लाख, प्रदेश सरकारबाट १४ करोड ६० लाख, आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार र अन्य स्रोतबाट १७ करोड ९५ लाख ४६ हजार गरी १ अर्ब ७ करोड बढीको आय रहने प्रक्षेपण गरिएको छ ।
माडीले कृषि, पर्यटन, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । ‘सम्पदासम्पन्न माडी नगर : इको, कृषि र पर्यटनको सहर’को नारा दिएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको हो ।
बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, समावेशी विकास, सूचना प्रविधि र सेवाप्रवाह एवं युवा तथा खेलकुदलाई मुख्य प्राथमिकताको क्षेत्र तोकेको छ । त्यस्तै, बजेटमा नगरपालिकाका सबै कर्मचारीहरुको तलबमानमा १५ प्रतिशत वृद्धिसमेत भएको छ ।
त्यस्तै, नगरपालिकाको नवौँ नगरसभाले नगरप्रमुख ताराकुमारी काजी महतोबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम संशोधनसहित पारितसमेत गरेको हो । नीति तथा कार्यक्रममाथि नगरसभाका सदस्यहरुले राखेका विभिन्न सुझाव समेटी पारित भएको हो ।
माडी ११ असार । माडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।८० का लागि १ अर्ब ७ करोड ८० लाख ८२ हजार ७० हजार रूपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको नवौँ नगरसभामा नगर उपप्रमुख खेमप्रसाद महतोले चालूतर्फ ४१ करोड ५० लाख र पुँजीगततर्फ ६५ करोड ४८ लाख १६ हजार विनियोजन रहेको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमा, अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट ६१ करोड २२ लाख, प्रदेश सरकारबाट १४ करोड ६० लाख, आन्तरिक स्रोतबाट १४ करोड २० लाख ७० हजार र अन्य स्रोतबाट १७ करोड ९५ लाख ४६ हजार गरी १ अर्ब ७ करोड बढीको आय रहने प्रक्षेपण गरिएको छ ।
माडीले कृषि, पर्यटन, सडक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । ‘सम्पदासम्पन्न माडी नगर , इको, कृषि र पर्यटनको सहर’को नारा दिएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको हो ।
बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विपद् व्यवस्थापन, समावेशी विकास, सूचना प्रविधि र सेवाप्रवाह एवं युवा तथा खेलकुदलाई मुख्य प्राथमिकताको क्षेत्र तोकेको छ । त्यस्तै, बजेटमा नगरपालिकाका सबै कर्मचारीहरुको तलबमानमा १५ प्रतिशत वृद्धिसमेत भएको छ ।
त्यस्तै, नगरपालिकाको नवौँ नगरसभाले नगरप्रमुख ताराकुमारी काजी महतोबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम संशोधनसहित पारितसमेत गरेको हो । नीति तथा कार्यक्रममाथि नगरसभाका सदस्यहरुले राखेका विभिन्न सुझाव समेटी पारित भएको हो ।