चितवन, असार १० । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको ११औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ ।
रत्ननगर उपप्रमुख यादव प्रसाद पाठकले नगरसभा समक्ष आज सो बजेट प्रस्तुत गरेकाहुन् ।
आगामी आर्थिक वर्षमा कूल रु १ अर्व ३७ करोड ९८ लाख व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये आर्थिक विकासतर्फ रु १ करोड ६४ लाख ५२ हजार, सामाजिक विकासतर्फ रु २ करोड ५ लाख ६५ हजार, पुर्वाधार विकासतर्फ रु २ करोड ४६ लाख ७८ हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ रु ७१ लाख ९८ हजार, सुशासन तथा संस्थागत विकासतर्फ रु ३० लाख ८४ हजार, समपुरक तर्फका योजना तथा कार्यक्रमतर्फ रु ३ करोड ८ लाख ८४ हजार, अन्य निकायका योजना (जि.स.स सडकवोर्ड) तर्फ रु २ करोड ७३ लाख, समाजिक सुरक्षा तर्फ ३० करोड, प्रदेश पूर्वाधार विकास साझेदारीतर्फ रु २ करोड ६७ लाख, नगरका गौरव योजनातर्फ रु ३ करोड ८ लाख ४८ हजार, प्रशासनिक तथा चालु खर्चतर्फ रु २२ करोड ५० लाख, सशर्त (संघिय र प्रदेशतर्फ) रु ३७ करोड ८१ लाख र वडागत चालु पुजितर्फ १५ करोड ९९ लाख गरी जम्मा रु १ अर्व ३७ करोड २७ लाख खर्च हुने बजेटमा अनुमान गरिएको छ ।
उपप्रमुख पाठकले वाचन गरेको बजेटमा आगामी वर्ष सञ्चालन हुने मुख्य नगर गौरवका योजनामा सहकारी संस्थालाई दुधमा प्रतिलिटर रु १ का दरले अनुदाका लागि रु १ करोड, घाँसको विउँ प्रति कठ्ठा अनुदानका लागि रु ५० लाख, अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य विमाका लागि रु १ करोड १० लाख, नगर प्रमुख उद्यमशिलताका लागि रु १ करोड, बागदेवी आधारभूत इन्जिनियरिङ कलेज व्यवस्थापनका लागि रु ३५ लाख, उज्यालो रत्ननगर अभियानका लागि रु ७० लाख कृष्णसार संरक्षण अभियानका लागि रु २० लाख, जग्गा भाडामा लिई खेती गर्न प्रोत्साहनका लागि रु ५० लाख, गरीव तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक विषयमा ५० प्रतिशतसम्म छात्रवृद्धिका लागि रु ५० लाख र अति विपन्न वर्गको औँषधी उपचारका लागि रु ३० लाख विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सङ्घीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ रु १ अर्व ३२ करोड ३४ लाख र ११ करोड ९१ लाख ४९ हजार, राजस्व बाँडफाँट रु २० करोड ४ लाख ३१ हजार, आन्तरिक आय रु ११ करोड जनसहभागिता रु १० करोड हुने बजेटमा अनुमान गरिएको छ ।
यसैगरी, वडागत तर्फ वडा नं १ का लागि रु १ करोड १ लाख ८ हजार, वडा नं २ का लागि रु १ करोड ८१ हजार, वडा नं. ३ तर्फ रु ९७ लाख ३५ हजार, वडा नंं. ४ का लागि रु ९८ लाख ७० हजार, वडा नं. ५ का लागि रु ९६ लाख ७१ हजार, वडा नं. ६ का लागि रु १ करोड ४ लाख ७७ हजार, वडा नं. ७ का लागि रु ९८ लाख ५४ हजार, वडा नं. ८ का लागि रु ९७ लाख ८४ हजार, वडा नं. ९ का लागि रु ९९ लाख ३२ हजार, वडा नं. १० का लागि रु १ करोड ३७ हजार, वडा नं. ११ का लागि रु १ करोड ६ लाख ९३ हजार, वडा नं. १२ का लागि रु ९९ लाख ४० हजार, वडा नं. १३ का लागि रु १ करोड १ लाख ९८ हजार, वडा नं. १४ का लागि रु १ करोड ९१ हजार, वडा नं. १५ को लागि रु ९६ लाख ६८ हजार र वडा नं. १६ को लागि रु ९७ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ ।
नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट रत्ननगर नगरपालिकाको आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय नतिजा हासिल हुने विश्वास व्यक्त गरिएको छ ।