सामार्थ्य नेपाल र लेडी जेसीजको नारायणगढमा सरसफाई अभियान

चितवन समाचारडटकम, ११ फागुन ।
सामार्थ्य नेपाल अभियान र नारायणगढ लेडी जेसीजले संयुक्त रुपमा आज नारायणगढको पुल्चोकमा सरसफाई अभियान चलाएका छन् । सहभागीहरुले सडक आसपासका फोहोर संकलन गर्दै सार्वजनिक सवारी साधनमा फोहोर नगर्न आग्रह गरेका थिए ।

सार्वजनिक सवारी साधन भित्र फोहोर देखिने, यात्रु चालकले जथाभावी फोहोर फाल्ने जस्ता समस्या बढेको देखिएपछि यो अभियान चलाइएको सामाथ्र्य नेपालका संयोजक अर्जुन भुषालले बताउनुभयो । ‘स्वच्छ समाज निर्माण गर्न सबै ठाँउको सरसफाइको आवश्यक छ, सार्वजनिक सवारी साधन त झनै सबै सम्वन्धित हुने कुरा हो, यस अभियानले सकारात्मक संदेश प्रवाह हुन जाने विश्वास छ’ भुषालले भन्नुभयो । आज करिव एक सयवटा सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रहरुलाई सरसफाईका लागी अनुरोध गरिएको भुषालले जानकारी दिनुभयो ।


सडक आसपासमा रहेका फोहोर पनि अभियानमा सहभागीहरुले संकलन गरेका थिए । फोहोर संकलनले समाजलाई स्वच्छ राख्ने मात्र नभई समाजमा रहेकाहरुलाई सरसफाईका सन्दर्भमा सन्देश दिने नारायणगढ लेडी जेसीजका अध्यक्ष नीरु कार्कीले बताउनुभयो ।
सरसफाई अभियानमा सामाथ्र्य नेपाल संग सहकार्य गरेर अघि बढ्ने कार्कीले बताउनुभयो ।

ताजा अपडेट