चितवन, १० असार । भरतपुरको ग्लोरियम एकेडेमीले नमुना निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
महानगरपालिका वडा नं. ४ धारापानी शिखरटोल मा रहेको ग्लोरियस एकेडेमीले विद्यार्थीलाई आफूले चाहेको चिन्हमा कसरी मत हाल्न सकिन्छ भन्ने सिकाउन निर्वाचन कार्यक्रम गरेको हो । निर्वाचन सम्पन्न गर्नको लागि अपनाउने सबै प्रकृया पूरा गरेर मतदान कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल शारदा ढकालले जानकारी दिनुभयो ।
गत निर्वाचनमा वदर मत धेरै भएको हामीले जानकारी पायौ अब आउदो निर्वाचनमा वदर मत कमी गर्दै निर्वाचनमा कसरी सहभागी हुने भन्ने जानकारी गराउन यो कार्यक्रम आयोजना गरेको उहाले बताउनुभयो । विद्यालयमा अध्ययन गरेका ३ कक्षादेखि १० सम्मका विद्यार्थी सहभागी भएको विद्यालयका अध्यक्ष तोरन ढकालले जानकारी दिनुभयो ।
नमुना मतदान कार्यक्रममा उमेदवारी दर्ता, उमेदवारी फिर्ता, उमेदवारको अन्तिम नामावली प्रकासन, चुनाव चिन्ह वितरण, चुनाव प्रचार प्रसार अभियान, मौन अवधि, निर्वाचन मिति, मतदान कार्यक्रम, मतगणना सवै प्रकृृया पूरा गरिएको थियो ।
५४१ जनाले मतदान गरेको कार्यक्रममा निर्वाचि हुने सख्या १०, कुल उमेदवार ३३, उमेदवार थिए । पहेलो, रातो, हरियो र निलो सदनका विद्यार्थी मतदान कार्यक्रममा सहभागी भएका थिए । शुक्रबार मतदान सकिएपछि मतगणना हुने विद्यालयले जानकारी दिएको छ ।
मतदानबाट आफूले चाहेको चिन्हमा मत कसरी हाल्न सकिन्छ भन्ने उद्देश्यले मतदान कार्यक्रम आयोजना गरिएको हो । मतदान कार्यक्रममा उत्साजनक सहभागीता रहेको थियो ।
https://fb.watch/dRj255pI8L/