काठमाडौँ १० असार । नेपालले अमेरीकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्नु प्रशंसनीय भएको चीनले टिप्पणी गरेको छ । उक्त सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमाथि बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका हुन् ।
ुनेपालको रणनीतिक साझेदार मित्र र निकट छमेकी हुनुको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दछु प्रवक्ता वाङले भनेका छन्,चीन नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा निरन्तर सहयोग गरिरहन्छ ।ु
ुचाइना डेलीुले ुनेपाल सरकारले एसपीपी अघि बढाउने विषयमा निर्णय गरेको र यसलाई विष्लेषकहरुले यो सैन्य साझेदारीको रणनीति भएको तथा यसले नेपालको परराष्ट्र नीति र नेपालको स्वार्थमा आघात पार्ने भनिरहेका बेला चीनको प्रतिक्रिया के छ ? भनेर प्रवक्ता वाङलाई प्रश्न गरेको थियो ।
उक्त प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता वाङले भनेका छन् ( नेपालमा हालै धेरै विवादमा परेको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० बारे हामीले जानकारी पाएका छौैं । धेरै राजनीतिक दल, समूह, सरकार, सेना र नेपाली जनताहरुले एसपीपीलाई इन्डो(प्यासिफिक रणनीतिसँग नजिक जोडिएको सैन्य या सुरक्षा अभियान हो र यो नेपालको राष्ट्रिय स्वार्थ र लामो समयदेखि लिइदैं आएको असंलग्न र सन्तुलित परराष्ट्र नीतिको प्रतिकुल रहेको ठानेका छन् ।
उनले चीन क्षेत्रीय सुरक्षा,स्थिरता र आपसी समृद्धिका लागि नेपालसँग संयुक्त रुपमा काम गर्न तयार रहेको उल्लेख गरेका छन् ।