काठमाडौं ९ असार । गृह मन्त्रालयले १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ।
एक नम्बरमा वसन्त कुवँर सिफारिस भएका छन् । यस्तै, २ नम्बरमा टेकप्रसाद राई सिफारिस भएका छन् ।
यसअघि एसएसपी हुँदा १३औँ नम्बरमा बढुवा भएका वसन्त पहिलो नम्बरमा सिफारिस भएका छन्। बढुवा सूचीमा चार जना महिला एसएसपी पनि अटाएका छन्।
अन्यमा क्रमशस् अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस भएका छन् ।