मुल्यबृद्धिको विरोधमा कालोपट्टी टेप लगाएर अर्धनग्न  प्रर्दशन

चितवन, ८ असार ।  मुल्यबृद्धिको विरोधमा भरतपुरको सप्तगण्डकी क्याम्पस अगाडि वुधबार विरोध प्रदर्शन गरिएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कार्यकर्ताहरुले क्याम्पसको मुलद्वारमा मुखमा कालोपट्टी टेप लगाएर अर्धनग्न अबस्थामा प्रर्दशन गरेका हुन । विद्यार्थीहरुले पेट्रोलियम पदार्थ र अत्यावश्यक वस्तुको मुल्यवृद्धि अबिलम्ब फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

पछिल्लो समय देशमा विभिन्न खालका घटना तथा जनताहरु मारमा पर्ने गरी सरकाले गरेको मुल्यवृद्धिको बिषयमा विरोध गरेको विद्यार्थी नेता हरि आचार्यले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै महँगी नियन्त्रण गर्न, किसानलाई रासायनिक मल उपलब्ध गराउन, बलात्कारीलाई सजाय दिन विद्यार्थीले माग गरेका छन । त्यस्तै एसपीपी सम्झौता खारेज गर्न, अर्थ मन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्न लगायतका माग गर्दै प्रदर्शन गरेका हुन् ।

शेयर गरौ

ताजा अपडेट