२ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता

 

दार्चुला ८ असार । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन ९२९ पुस २०७८०मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्बन्ध निकट भएकै कारण ती ठेक्का एकै ठेकेदारले पाए ।

बोलपत्रअनुसार ‘सबैभन्दा कम मूल्य राख्ने ठेकेदारलाई ठेक्का पाइनु’ स्वाभाविक हो । यहाँ पनि यस्तै गर्न खोजियो तर बोलपत्रमा निकै न्यून मूल्य राखेर ठेक्का पाएकासँग ठेक्का सम्झौता भने पुरै मूल्यमा भएको देखिन्छ । ठेक्काको पहिलो किस्तासमेत निर्माण कम्पनीले पाइसकेको बताइन्छ ।

ठेक्का शीर्षक ९१०अनुसार कोटथला, अम्तोली, पपरथला देवथली सडक निर्माण गर्न ८० लाख ४५ हजार ३१ रुपैया ९४ पैसामा ठेक्का आह्वान भयो । सो ठेक्कामा सबैभन्दा कम रकम हाल्ने निर्माण कम्पनी नार्गाजुन कन्सट्रक्सनले २ लाख ४ हजार १ सय २६ रुपैयाँ ३ पैसाको बोलपत्र हालेको छ । तर, निर्माण कम्पनीसँग १४ वैशाख २०७९ मा ८० लाख १९ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता भएको छ ।

ठेक्का शीर्षक ९२०अनुसार बजाड–खात्काँडा सडक निर्माणका लागि ९५ लाख ९० हजार २ सय ५९ रुपैयाँ ३८ पैसा ठेक्का आह्वान गरियो । सो ठेक्का पनि नार्गाजुन कन्सट्रक्सनले नै पायो । तर, २८ लाख ६२ हजार १ सय ७४ रुपैयाँ ७५ पैसाको कोटेसन हालेकोमा ठेक्का सम्झौता भने ९५ हजार ६८ लाख ४१ रुपैयाँमा भएको छ ।

ठेक्का शीर्षक ९३०अनुसार ठुल्सैनी–गोधरी सडकका लागि ९५ लाख ७८ हजार ९ सय ५८ रुपैयाँको ठेक्का आह्वान गरिएको छ । यसमा नार्गाजुन कन्सट्रक्सनले बोलपत्रमा ३२ लाख ३७ हजार ९ सय ३९ रकम हालेकोमा ठेक्का सम्झौता भने ९५ लाखमा भएको देखिन्छ ।

तीनवटै ठेक्का पाएको नार्गाजुन कन्सट्रक्सनले बोलपत्रमा देखाउन कम रकम राखेको र पूरा मूल्यभन्दा थौरै घटाएर ठेक्का सम्झौता भएको छ । ठेकेदारले सम्झौताअनुसार पेस्की रकम लिएर काम गरिरहेका छन् ।

यो अनियमिततामा तत्कालीन नगरप्रमुख अमरसिंह धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलगायतको ‘सेटिङ’ रहेको ठेक्का नपाएका ठेकेदारको दाबी छ । उनीहरूले ती ठेक्कामा लाखौं घोटाला भएको आशंका गरेका छन् ।

नागार्जुन कन्ट्रक्सनले ६२ लाखमा मात्रै ठेक्का पाउनुपर्नेमा २ करोड ७० लाखको ठेक्का पाएको देखिन्छ । यस विषयमा वर्तमान नगरप्रमुख विजयसिंह धामी भने अध्ययन गरिरहेको बताउँछन् । ‘यो कुरा बाहिर आइसकेपछि हामी छलफल तथा अध्ययन गरिरहेका छौं,’ उनी भन्छन्, ‘यसपछि के हुन्छ रु पत्रकार सम्मेलन गरेर सत्यतथ्य कुरा बताउँछौं ।’

‘सम्झौताभन्दा पनि काम हेर्नुपर्छ’
अति न्यून मूल्यमा बोलपत्र हाल्ने कम्पनीसँग बढीमा ठेक्का भएको विषयमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट भने सहमत छैनन् ।

‘पहिलो पटकको ठेक्का रद्द गरी दोस्रोपटक आह्वान गरिएको थियो । दोस्रोपटक तीन जनाको मात्रै कोटेसन आयो । उनीहरूमध्ये सबैभन्दा कम जसको छ, उसैसँग सम्झौता गरिएको हो,’ उनी भन्छन्, ‘काम भइरहेको छ, हामीलाई काम पूरा भए पुग्छ । सम्झौताभन्दा पनि काम हेर्नुपर्छ ।’

दोस्रोपटक ठेक्का आह्वान गरेको विषयमा भने अधिकांश ठेकेदार जानकार छैनन् । प्रमुख प्रशासकीय अधिकृत विष्ट १८ फागुन २०७८ मा एक दैनिकमा विज्ञापनसमेत प्रकाशन गरेको बताउँछन् । तर, १८ फागुनमा सो दैनिकमा शैल्यशिखरको कुनै पनि सूचना प्रकाशित भएको छैन । राजधानी दैनिकबाट

शेयर गरौ

ताजा अपडेट