चितवन, ७ असार । मल नपाएर हाहाकार भएका चितवनका किसानलाई रासायनिक मल वितरण सुरु भएको छ ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले बिक्री वितरण गरेको हो । मलको उच्च माग भएपनि अहिलेलाई कार्यालयमा तीन सय मेट्रिक्टन मात्र मल आएको कृषि सामग्री कम्पनी चितवन शाखाका प्रबन्धक राजन बगालेले जानकारी दिनुभयो । कार्यालयले अबको एक हप्तामा तीनसय मेट्रिक्टन बिक्री भैसक्ने छ उहाले भन्नुभयो ‘त्यो पनि कोटा लगाएर दिएका छौ ।’ कार्यालयले एउटा मापदण्ड बनाएका छौ त्यही अनुपातमा बिक्री हुन्छ । डीएपी मात्र मल आएकाले त्यही वितरण गरेको कार्यालयले जानकारी दिएको छ ।
प्रबन्धक बगालेले भन्नुभयो ‘रोपाइँको बेला किसानलाई केही राहत हुन्छ भनेर थोरै आएको मल दिएका हौँ, तर यहाँ प्रयाप्त मल आएको छैन ।’ सरकारले असार १५ गतेबाट धेरै परिमाणमा आउने जनाएको छ ।
साल्ट ट्रेडिङ कम्पनी लिमिटेड नारायणगढका प्रमुख वुद्धिविनोद दाहालले डीएपी र युरिया मल आएको आएको जानकारी दिनुभयो । त्यसलाई सोमबारबाट वितरण कार्य सुरु भैसकेको छ उहाले भन्नुभयो सातै पालिकामा वितरण गरिदै आएको छ । तत्काल केही मात्रामा र पछि अरु वितरण गरिने छ दाहालले भन्नुभयो । उहाँका अनुसार कार्यालयमा अहिले तीनसय ९२ मेट्रिक्टन डीएपी र चारसय ३१ मेट्रिक्टन युरिया मल आएको छ ।
कार्यालयका अनुसार अहिले भरतपुर महानगरपालिकामा १०० मे.ट. युरिया, ९० मे.ट. डीएपी, रत्ननगर नगरपालिकामा ६० मे.ट. युरिया ५५ मे.ट. डीएपी, राप्ती नगरपालिकामा ५५ मे.ट. यु्रिया, ४७ मे.ट. डीएपी, कालिका नगरपालिकामा ४६ मे.ट. युरिया, ४२ मे.ट. डीएपी, माडी नगरपालिकामा ८० मे.ट. युरिया, ७३ मे.ट. डीएपी, खैरहनी नगरपालिकामा ७८ मे.ट. युरिया, ७१ मे.ट. डीएपी, इच्छाकामना गाउपालिकामा १५ मे.ट. युरिया, १४ मे.ट. डीएपी वितरण गरिने साल्ट ट्रेडिङ कम्पनी लिमिटेड नारायणगढका प्रमुख वुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।
कृषि सामग्री केन्द्रका अनुसार चितवनमा रहेका २२५ भन्दा बढी मल बिक्री केन्द्रमा मल वितरण गर्ने छ । किसानहरुले अनुदानको मल नपाएपछि महँगोमा निजी कम्पनीको मल सहकारीबाट किनिरहेका छन् । चितवनमा असार लागे लगतैदेखि वर्षे धान रोपाइ सुरु भैसकेको छ । चैते धान भने भित्राउने क्रम अन्तिम भएको छ ।