चितवन, ६ असार । मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले दुइवर्षमा चारवटालाई नियन्त्रणमा लिएको छ ।
मानिसलाई आक्रमण गरेर खान थालेपछि अरुलाई पनि आक्रमण गर्ने भएकाले ती बाघलाई नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी गशेणप्रसाद तिवारीले जानकारी दिनुभयो । ‘मानिसलाई आक्रमण गर्न थालेपछि बाघले फेरि आक्रमणको योजना बनाउनछ त्यसैले त्यस्तालाई नियन्त्रणमा लिएर राख्नेछौ’ उहाले भन्नुभयो ‘२०७७ सालयता हामीले चारवटालाई नियन्त्रणमा लिएका छौ र अहिले छाडेका छैनौ ।’ २०७७ सालमा चितवनको देवनगरबाट एउटा, बाँकेबाट चालु आर्थिक वर्षमा एउटा, जेठमा पूर्वी चितवनको राप्तीबाट र असार २ गते मेघौलीबाट बाघलाई नियन्त्रणमा लिएको हो ।
मान्छेलाई आक्रमण गर्ने बाघलाई निकुञ्जका प्रविधिक टोलीले पहिचान गरेर डार्ट विधिबाट नियन्त्रणमा लिइने छ । त्यसरी नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको निगरानीमा राख्निछ । उनीहरुको आनीबानीलाई अध्ययन गरेर छाड्न मिल्ने भएमात्र छाड्ने गरिने छ ।
अहिलेसम्म नियन्त्रणमा लिएका बाघले दोहो¥याएर मानिस मारेको अध्ययनले देखाएको छैन सूचना अधिकारी तिवारीले भन्नुभयो । २०७७ मा देवनगरबाट नियन्त्रणमा लिएको बाघको अध्ययन गर्दा सामान्य अवस्थामा आउन लागेको देखिन्छ । त्यसलाई अहिले छाड्ने तयारी छैन उहाले भन्नुभयो । यसरी नियन्त्रणमा लिएका बाघलाई यती समयमा छाडिन्छ भन्ने हुदैन तिवारीले भन्नुभयो ।
बाघको स्वास्थ्य जाँच नियमित गरिदै आएको र उनीहरुले मानिस प्रति देखाउने व्यवहारको पनि अध्ययन गरिने उहाले जानकारी दिनुभयो । अहिलेसम्म नियन्त्रणमा लिएका चारवटै भाले बाघहरु रहेका छन् । उनीहरुको उमेर ८ देखि १० वर्षका छन् ।
असार २ गते भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की रेखा बस्नेतलाई बिहीबार बिहान बाघले आक्रमण गरी मारेको थियो । पछिल्लो पटक मारेको यो घटना हो । गत दुइवर्षमा जनावरको आक्रमणबाट ३८ जनाको मृत्यु भएको छ भने बाघले मात्रै १८ जनालाई मारेको छ ।
बाघपछि गैंडाको आक्रमणबाट ८ र हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ । तीन महिनामामात्रै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघ र गैंडाको आक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यो अवधिमा १० जनाको बाघको आक्रमणबाट र एक जनाको गैंडाको आक्रमणबाट मृत्यु भएको छ ।
एउटा बाघलाई हिडडुल गर्न झण्डै ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको संख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानवबस्ती वरपरसम्म पुग्ने गरेको विज्ञहरुले बताएका छन् । मृत्यु भएको अवस्थालाइ हेर्दा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, निउरो टिप्न जादा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा मृत्यु भएको देखिन्छ ।
बाघको सख्या वृद्धि भएको कारण मानिसलाइ आक्रमण गर्न थालेको संरक्षणर्कीले बताउछन् । आउँदो बाघ दिवस जुलाई २९ मा सख्या सार्वजनिक गरिँदै छ । सन् २०१८ को गणना अनुसार निकुञ्जमा बाघको सख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले घटना बढेको बताउनुहुन्छ । मानिसहरुले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।