काठमाडौं ६ असार । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्यासमा छिटै दुईथरि मूल्य तोक्ने बताएका छन् ।
इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताउनुभयो ।
‘हामी एकदमै चाँडो ग्यासको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिने’ उहाले भन्नुभयो।
औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने थानीले बताउनुभयो ।