मानवअधिकार उल्लंघनका घटना बढ्दै : बालिका बलात्कार उच्च्

 

चितवन, ६ असार । चितवनमा पछिल्लो समय मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको तथ्याङक सार्वजनिक गरिएको छ ।
जिल्लामा आर्थिक वर्ष २०७६ पुसदेखि २०७९ असारसम्ममा १६२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन । जिल्लमा हरेक वर्ष मानवअधिकार उल्लंघनका घटना बढ्दै गएको अनौपचिारक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्षको तथ्यांक अनुसार जिल्लामा सबै भन्दा बढी ५४ वटा बालिका बलात्कारका घटना भएका छन । यस्तै २६ बालिकामाथि बाल यौन दुव्र्यवहार, १९ जना महिला बलात्कार, ७ बालिकामाथि बलात्कारको प्रयास, बहुविवाह १८, महिला बलात्कार प्रयास ९ वटा, आत्महत्या दुरुत्साहन ७, मानव वेचविखन २ जनप्रतिनिधि दुव्र्यवहार २, हात हतियार ४ र हत्या प्रयासका २ वटा घटना भएका छन् ।
जिल्लामा आर्थिक वर्ष २०७६ पुसदेखि ७७ असारसम्मा १६ बालिका बलात्कारका घटना भएका छन । यस्तै ४ बाल यौन दुव्र्यवहार, ९ जना महिला बलात्कार, ४ बालिका र ६ माथि बलात्कारको प्रयास, बहुविवाह ४, आत्महत्या दुरुत्साहन २, मानव वेचविखन २ जनप्रतिनिधि दुव्र्यवहार १, हात हतियार १ घटना भएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७७ पुसदेखि ०७८ असारसम्म बालिका बलात्कारका घटना ६, महिला बलात्कारका १३ घटना भएका छन । यस्तै १० बाल यौन दुव्र्यवहार, ३ बालिका र २ महिलामाथि बलात्कारको प्रयास, बहुविवाह ३, आत्महत्या दुरुत्साहनका १ घटना भएका छन् ।

आर्थिक वर्ष २०७८ पुसदेखि ०७९ असारसम्म बालिका बलात्कारका घटना २५, महिला बलात्कारका ४ घटना भएका छन । यस्तै १२ बाल यौन दुव्र्यवहार, १ महिलामाथि बलात्कारको प्रयास, ३ महिलाको बलात्कारपछि उपचारको क्रममा मृत्यु, बहुविवाह ११, आत्महत्या दुरुत्साहनका ३, जनप्रतिनिधि दुव्र्यवहार १, हात हतियार ३ र हत्या प्रयासका २ घटना भएका छन् ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जिल्लामा हुने यस्ता घटनाको न्युनिकरणका लागि प्रहरी प्रशासन गम्भिर भइ अघि बढेको बताउनुभयो । उहाले जिल्लामा मानव अधिकार उल्लंघनका घटना अन्त्य गर्न सबै पालिकाको भूमिका महत्वपूर्ण रहेको भन्दै स्थानीय स्तरमा वडादेखि पालिका प्रमुखसम्म लाग्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघ, चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारले संवेदनशील विषयमा कलम चलाउंँदा सम्वेदनशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मन्जुश्री असहाय केन्द्रकी अध्यक्ष मन्जु खाँडले पीडितलाई न्याय दिनुभन्दा पहिले उक्त घटनामा राजनीतिकरण गरी पीडकको संरक्षण र बचाउ गर्ने बढ्दै गएको बताउनुभयो । पीडकको संरक्षण बढ्दै गर्दा समाजमा यस्ता प्रकृतिका घटना मौलाउन सक्ने बताउँदै उहाले सरकारी निकाय, सुरक्षा निकाय र संघसंस्था चनाखो हुनुपर्ने बताउनुभयो । पीडितको गोपनियता भंग भएको भन्दै सञ्चार माध्यम तथा सामाजिक सञ्जालकमा पीडितको गोपनियताप्रति ध्यान दिन समेत आग्रह गर्नुभयो ।

 

शेयर गरौ

ताजा अपडेट