ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

 

चितवन ४ असार । पूर्वी चितवनको टाडीमा ट्रकले साइकल यात्रीलाई ठक्कर दिदा एक युवकको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रान्ननगर ९ गणेशचोकमा ना ४ ख २७४८ नम्बरको ट्रकल साइकल यात्री रत्ननगर १० बस्ने ३७ वर्षीय उमेश दराईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका दराईको उपचारको लागि भरतपुर अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी, भण्डारा र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

शेयर गरौ

ताजा अपडेट