चितवन, ४ असार । मुग्लिन नारायणगढ सडकखण्डको चारकिलोमा सुख्खा पहिरो खसेपछि विहान ११ः३० देख राजमार्ग अवरुद्ध भएको छ ।
राती पानी परेपनि विहान विना वर्षा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा खसेको पहिरो पन्छाउनको लागि प्रहरी परिचालन भएको छ ।
गएराति पनि मुग्लिन नागढुंगा सडकखण्ड अन्तर्गत चितवनको घोप्टेभीरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । राति १ बजे अवरुद्ध सडकलाई साढे २ बजे पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।
यो राजमार्गमा पहिरो आउने जाने क्रम चलिराखेको छ ।