मेघौलीदेखि हेटौडासम्म पर्यटकीय मार्ग बनाउने छौ : मुख्यमन्त्री पाण्डे

 

चितवन, ३ असार । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चितवनको मेघौली गोलाघाटदेखि हेटौडाको रापतीसम्म पर्यटकीय मार्ग निर्माणको कार्यक्रम ल्याउने बताउनु भएको छ ।
भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रबार बोल्दै उहाले तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई प्रदेश राजधानीसंग जोडन् सम्भाव्यता अध्ययन गर्ने तयारी रहेको बताउनुभयो । हाम्रो प्रदेशलाई मुलुककै समृद्ध र हेर्न लायक बनाउनको लागि सरकारले वृहत योजनका साथ काम गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘धेरै प्रकृतिक स्रोत साधनले धनी हाम्रो प्रदेशलाई योजना वद्ध विकासले समृद्ध बनाउनेछौ ।’
विगतमा स्थानीय विकास मन्त्रीको रुपमा काम गरेको अनुभव भएको नाताले स्थानीयको माग के हो भन्ने राम्रोसंग अध्ययन गरेको जानकारी दिनुभयो । उहाले भन्नुभयो स्थानीय कार्यक्रमलाई प्राथमिकता नदिए विकास सम्भव हुदैन र जनताले रचाउदैनन् ।
प्रदेश सरकारले आगमी आर्थिक वर्षमा १० हजार युवालाई रोजगार दिने कार्यक्रम ल्याएको बताउदै विदेश जान चाहने युवालाई यही सिप सिकाएर जाने वातावरण मिलाउने जानकारी दिनुभयो । यहाँ कमाएको भन्दा चार गुना धेरै कमाउने गरी विदेश पठाउने कार्यक्रम सरकार संग भएको उहाले बताउनुभयो ।
प्रदेश सरकारले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेकाले छिटो त्यो काम पूरा गर्ने बताउनुभयो । चितवनमा आयुर्वेद अस्पतालमा आयुर्वेदिक औषधि उत्पादनको लागि कारखाना खोल्न बजेट दिएको, अल्पसख्यक जनतालाई निःशुल्क आवास निर्माण गर्ने व्यवस्था मिलाएको, वडामा समाजवादी कार्यक्रम ल्याएको, शिक्षा स्वास्थ्य र रोजगारीका राम्रा कार्यक्रम ल्याएको बताउनुभयो ।
स्मार्ट र सुन्दर सहर निर्माणको लागि फोहोरमैला उचित तरिकाले व्यवस्थापन जरुरी रहेको बताउनुभयो । कुरा भन्दा काम गरेर देखाउन सुझाव दिदै उहाले हरियाली सहर निर्माणको लागि भारतको वैगलोरबाट सिक्न भरतपुर माहानगरका जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट