चितवन, ३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘एसपीपी’ सम्झौता खारेज हुने बताउनु भएको छ ।
चितवनको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन शुक्रवार चितवन आउनु भएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा संचारकर्मीको जिज्ञासामा एसपीपी सम्झौता खारेज हुने बताउनु भएको हो । एमसीसी र एसपीपी दुवै एमाले अध्यक्ष केपी ओलीकै कारण भएको भएको भन्दै मुलुकलाइ असर पार्ने सम्झौता कार्यान्वयन नहुने बताउनु भयो ।
उहाले एमसीसी १२ बुँदे घोषणा पत्र सहित पास गर्यो, तर एसपीपीमा कुनै १२ बुँदे नहुने भएकाले यो खारेज हुने प्रष्ट रहेको उहाले बताउनु भयो । पत्रकारले सोदेको अर्को प्रश्नमा उहाले वाम गठबन्धन विरुद्ध बाहिर धेरै कुरा सुनिएपनि त्यस्तो केही नभएको र अहिलेकै गठबन्धन निरन्तर रहने बताउनु भयो ।
माओवादी एमालेसँग मिल्न लागेको हो भन्ने प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले तल्लो तहका केही नेताहरुको त्यो कुरा होला, तर पार्टीमा त्यस्तो कुनै कुरा नभएको प्रष्ट पार्नु भयो ।