बाघ नियन्त्रणमा लिने सहमतिपछि बस्नेतको शव उठ्यो

 

चितवन, २ असार । बाघ नियन्त्रणमा लिने सहमतिपछि रेखा बस्नेतको शव उठेको छ ।
वस्नेतलाई आक्रमण गरेर मार्ने बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमती भएपछि मृतक रेखाको शव स्थानीयले उठाएका हुन् । त्यस अघि स्थानीयले बाघ नियन्त्रणमा नलिएसम्म शव उठाउन नदिने भन्दै अवरोध गरेका थिए । सहमतिपछि प्रहरीले शव पोष्ट्मार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
बाघको आक्रमणले मेघौली स्थित राधाकृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी भरतपुर २७ की २३ वर्षीया बस्नेतको मृत्यु भएको थियो । साथीहरुसँग निगुरो टिप्न गएकी बस्नेतलाई बिहान ७ बजे बाघले आक्रमण गरेर जंगल लगेको थियो ।
वस्नेतको शव मध्यान्ह १२ः०० बजेको घटनास्थल भन्दा तीन सय मिटर पश्चिममा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । टाउको र छातीको भाग बाघले खाइसकेको र अन्य भाग खाईरहेको अवस्थामा फेला परेको थियो । नेपाली सेनाको टोलीले बाघलाई धपाउन ५ राउण्ड हवाई फायर गरेको थियो ।

शेयर गरौ

ताजा अपडेट