अर्थमन्त्रीलाई बोल्न समय दिएको भन्दै एमालेले गर्‍यो संसद बैठक बहिष्कार

काठमाडौ २ असार । । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो बिरोधकाबीच अर्थमन्त्री जनार्दन शर्मालाई बोल्न समय दिएको भन्दै विहीबारको संसद बैठक बहिष्कार गरेको छ । एमालेले अर्थमन्त्रीले बिचौलियाको चँगुलमा परेर करको दर हेरफेर गरेको प्रश्न उठेको अवस्थामा छानबीन गर्नुपर्ने माग गर्दै छानबनि नभएसम्म संसद चल्न नसक्ने अडान राखे पनि सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएका थिए ।

अर्थमन्त्रीले जवाफ दिइरहँदा पनि एमालेका सांसदले अवरोध जारी राखेका थिए । मत्री शर्मा संक्षेपमा जवाफ दिएर फर्किए लगत्तै एमालेका मूख्य सचेतक विशाल भट्टराईले आफूहरुका माग विपरित अर्थमन्त्रीलाई जवाफ दिन लगाइएको भन्दै संसद बैठक बहिष्कार गर्ने बताए । त्यस लगत्तै एमालेका सांसदहरु बैठकस्तलबाट बाहिरिएका छन् ।

नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गरेको छ । एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री विचौलीयाको चगुंलमा परेको भन्दै राजीनामा माग गरे । उनले भने, ‘अर्थमन्त्रीको जिम्मा विचौलियाहरुले लिएको सुनिन्छ । उहाँ ढुक्क हुनुहुन्छ । राष्ट्रघात गरिएको छ । यसलाई सहेर टुलुटुल बस्न सक्दैनौं ।’

शेयर गरौ

ताजा अपडेट