तत्काल मलविउ उपलब्ध गराउन माग राख्दै राप्रपाको ज्ञापनपत्र

 

चितवन, १ असार । कालोबजारी अन्त्य गर्दै तत्काल किसानलाई मल विउ उपलब्ध गराउन माग राख्दै राप्रपा चितवनले सिडियो मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
प्लेकार्ड प्रर्दशन गरी जुलुस सहित प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई जनसरोकारका विषयमा राज्य उदासिन भएको भन्दै तत्काल माग पुरा गर्नको लागि ज्ञापन पत्र बुझाएको हो ।
भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, इम्बोस्ट नम्बर प्लेट खारेज गर्नुपर्नेलगायत १९ व्ुदे ज्ञापनपत्रमा शिक्षा, स्वास्थ्य निःशुल्क गर्नुपर्ने, हिन्दुराष्ट घोषणा गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने, संघीयताको प्रादेशिक तह खारेज हुनुपर्ने, संसदको निर्वाचन पूर्ण समानुपातिक बनाउनुपर्ने, बेरोजगारी समस्या समाधान गर्न अल्पकालिन र दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।
ज्ञापनपत्र वुझाउदै जिल्ला अध्यक्ष रुद्र ढकालले भूमीहिन तथा घरबार विहिन सुकुम्बासी समस्याको स्थायी समाधान हुनुपर्नेमा जोड दिनुभयो । उहाले पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक विदा दिनुपर्ने, सबैप्रकारका हिंसा, विभेद अन्त्य गर्न सशक्त कदम चाल्नुपर्ने लगायतको मागहरु राखिएको जानकारी दिनुभयो ।
कार्यक्रममा क्रममा केन्द्रीय सदस्य मिना न्यौपाने, सिमा घतान विश्वकर्मा, पूर्व केन्द्रीय सदस्य रामहरि कँडेललगायते राज्यले जनताको समस्याका विषयमा चासो नदिएको आरोप लगाउनुभयो । राप्रपा चितवनका उपाध्यक्ष जीवलाल पुरीले जनसरोकारका विषयमा सरकारले ध्यान नदिए आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट