पहिरो खसेपछि साँझबाट पृथ्वीराजमार्ग अवरुद्ध

 

चितवन, १ असार । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुमखोलमा पहिरो आएपछि साँझ ५ बजेबाट बाटो अरुद्ध भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनबाट १५ किलोमिटर काठमाण्डौं तर्फ ईच्छाकामना गायपालिका ३ चुम खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । साँझ ५ बजे खसेको पहिरोका कारण दुवै तर्फ राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउन प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट