सातामा दुई दिन विदा दिने सरकारको निर्णय आजबाट खारेज

 

काठमाडौं १ असार । सरकारले आज (बुधबार) देखि कार्यालय समय पुरानै निर्धारण गरेको छ । दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले सरकारी कार्यालय समय ६ दिन लागु गर्ने भएको हो ।

जेठ १ गतेदेखि सरकारले हप्तामा दुई दिन सरकारी कार्यालयमा बिदा दिन थालेको थियो । तर, यो निणर्य सेवाग्राहीको हितमा नभएको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले एक महिनामै हप्ताको ६ दिन नै सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो ।

‘मन्त्रिपरिषद्को मिति २०७९।०२।२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ’, गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै भनेको छ, ‘सबै सरकारी कार्यालयहरूमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।’ शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट