कालीकोट १ असार । कालीकोटमा एक महिलाको सुत्केरी हुने क्रममा ज्यान गएको छ । खाँडाचक्र नगरपालिका ५ की २८ वर्षीया पुन्नकली विकको सुत्केरी हुन नसकेर मृत्यु भएको हो ।
सुत्केरी ब्यथाले च्यापेपछि उनलाई आफन्तले सोमबार जिल्ला अस्पताल कालीकोट पुर्याएका थिए । सुत्केरी गराउने क्रममा उनको मंगलबार मृत्यु भएको डा।रत्नवीर सुनारले जानकारी दिए । ‘पाठेघरमा साल च्यातिएर रगत जमेको थियो । बच्चा समेत उल्टो बसेकाले बचाउन सकिएन,’ डा। सुनारले भने ।