चितवन ३१ जेठ । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचित हुनुभएको छ । निर्वाचनमा बराबर मत आएपछि दोस्रो चरणमा गोलाप्रथा गरिएको थियो । जिल्लामा सात पालिकामा नेकपा एमालेले तीन जना पालिका प्रमुख र ४ जना पालिका उपप्रमुखमा निर्वाचित भएको थियो । गठवन्धनबाट सातजना निर्वाचित भएका थिए । काँग्रेसबाट दुइजना पालिका प्रमुख, तीन जना पालिका उपप्रमख विजयी भएका थिए । समाजवादीबाट एकजना र नेकपा माओवादी केन्द्रबाट एकजना पालिका प्रमुख विजयी भएका थिए ।
गठवन्धनको सात र एमालेको सात मत भएपछि गोलाप्रथाबाट अधिकारी प्रमुखमा निर्वाचित हुनुभएको हो ।