एमालेको समिक्षा वैठक : अन्तर्घातीलाई सम्बन्धित कमिटीले कारबाही गर्ने

काठमाण्डौं ३० जेठ । प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनको समीक्षा थालेको छ । पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेले चुनावी समीक्षा थालेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले लोकप्रिय मतमा एमाले अहिले पनि पहिलो शक्ति रहेको दाबी गरे । गठबन्धनका कारण पालिका प्रमुख तथा उपप्रमुखमा विगतको भन्दा कमजोर नतिजा आएको उनको दाबी छ ।

ज्ञवालीले अन्तर्घातको सन्दर्भमा वडादेखि नै सम्बन्धित कमिटीमा छलफल हुने र सम्बन्धित कमिटीले नै दोषीलाई कारबाही गर्ने बताए । अन्तर्घात र असमझदारीलाई छुट्याएर अगाडि बढ्ने पनि उनले बताए ।

बैठकले पार्टीको प्रतिष्ठालाई कमजोर गर्ने, विजयमाथि शंका हुने, मूल नेतृत्वमाथि अनास्था फैलाउने अभिव्यक्ति नदिन पनि आह्वान गरेको छ ।

 

शेयर गरौ

ताजा अपडेट