काठमाडौं, २९ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको उद्घाटन भएको छ । आइतबार विहान सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भवनको उद्घाटन गर्नुभएको हो ।