चितवन, २७ जेठ । विहान पूर्वी चितनवमा बाघको आक्रमणबाट घाइते भएको घटना सेलाउन नपाउदै पश्चिम चितनवमा फेरि बाघले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं. २३ हरियाली सामुदायिक वनमा राप्ती खोला हेर्न गएका ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गर्दा घाइते हुनु भएको छ । साँझ ४ः३० बजे बाघले आक्रमण गरी घाइते बनाएपछि स्थानीय र प्रहरीले उद्दार गरी उपचारको लागि अस्पतालमा राखिएको छ । उहाँको शरिरमा चोट लागेको चितवन प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभएको छ ।
