मुग्लिन नारायणगढ सडकमा पुन पहिरो आएपछि राति ९ बजेबाट अवरुद्ध

 

चितवन, २७ जेठ । मुग्लिन नारायणगढ सडक खण्डको तोपोखोलामा राति ९ बजे पुन पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको छ ।
तीनदिनदेखि पहिरोको कारण अवरुद्ध भएको राजमार्ग पन्छाएपछि दिउसो १ बजेबाट सामान्य सञ्चालनमा आएको थियो । साँझ परेको अविरल वर्षाका कारण पुन पहिरो झरेपछि राति ९ बजेबाटै राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहिर अधिकारीले जानकारी दिनुभयो ।
भारी वर्षाका कारण ठुलो पहिरो खसेपछि तत्काल पन्छाउन नसकिने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । अहिले अवरुद्ध भएको स्थानमा प्रहरी र सडक कार्यालयका कर्मचारी पुगेका छन् । पहिरो पन्छाउने कार्य भएपनि रातको समय भएकाले तत्काल राजमार्ग सञ्चालन गर्न कठिन भएको प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट