पुर्वी चितवनको बस्तीमा पसेको बाघ नियन्त्रणमा

शालिग्राम नेपाल

चितवन , २७ जेठ । चितवनको राप्तीमा गाँउमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । राप्ती नगरपालिका वडा नम्बर १ महादेवटारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।

आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो । त्यसपश्चात् निकुञ्ञको टोलीले बाघको खोजी कार्य गर्दा बाघ राप्ती १ माधवटारमा फेला पारेको थियो । पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो ।

शेयर गरौ

ताजा अपडेट