जाजरकोटको जुनीचाँदेमा जीप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

जाजरकोट २७ जेठ । जाजरकोटको जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कणरली प्रदेश ०२००१च ०३४१ नम्बरको बोलेरो जीप वडा नं ५ को गर्खाकोट ९वेलपुइना० भन्ने स्थानमा दुर्घटनामा परेको हो । सो जीपमा ११ जना यात्रु रहेका थिए । घाइतेहरुको अवस्था गम्भीर रहेको छ । मृतकको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी छ ।

घाइतेको हेलिकप्टरबाट उद्धार गर्न गृहको निर्देशन
घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । जाजरकोटका प्रजिअ शाहीले गृहमन्त्री खाँणको निर्देशनपछि नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइएको जानकारी दिए । घटनास्थल दुर्गम भएकोले बिस्तृत विवरण आउन बाँकी छ ।

शेयर गरौ

ताजा अपडेट