काठमाडौं ,१० फागुन :
भेनेजुएलाले ब्राजिलसँगको सीमा नाका बन्द गरेको छ ।
ब्राजिलको नाका हुँदै मुलुकमा मानवीय सहायता सामग्री आउन लागेको भन्दै राष्ट्रपति निकोलस माडुरोले बिहीबारदेखि रातिदेखि ब्राजिलसँगको सीमा नाका बन्द गरिएको घोषणा गरे । भेनेजुएलाले मानवीय सहायता सामग्री रोक्न कोलम्बियासँगको सीमा नाकासमेत बन्द गर्नेबारे विचार गरिएको राष्ट्रपति निकट एक नेताले बताए ।
आफ्नो देशमा मानवीय सहायता सामग्रीको आवश्यकता परेको भन्नेकुरा झुठ रहेको र यसका नाममा विदेशी हस्तक्षेप बढेको भन्दै सहायता सामग्री रोक्न लागिएको हो । विपक्षी दलका नेता जुवान गुएदोले भने मुलुकमा मानवीय सहायता सामग्री आवश्यक परेको भन्दै अमेरिकासँग सहयोग माग गरेका थिए । उनको आग्रहपछि अमेरिकाले भेनेजुएलासँग जोडिएको कोलम्बियाको सीमासम्म ठूलो मात्रामा सहायता सामग्री पठाएको थियो ।
तर भेनेजुएलाको सेनाले सो सामग्रीलाई आफ्नो देशमा प्रवेश गराउन दिएको छैन् ।
आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएदोले भोलिसम्ममा राजधानी काराकासमा सहायता सामग्री पु¥याउने प्रतिबद्धता यसअघिनै जनाएका थिए। (एजेन्सी)