चितवन, २६ जेठ । नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा संलग्न तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महनागरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल पारियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार वास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई थुनामा राखी थप अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।
वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.७ कृष्णपुर स्थित पंचेश्वर नगर प्लटिङ्गको बाटोमा मोटरसाईकलमा आएका व्यक्तिहरूले अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।