अज्ञात समूहले जलायो पत्रिका

काठमाडौं ,१० फागुन :

अज्ञात समूहले शुक्रबार बिहान लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् ।

लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक,द काठमाडौं पोस्ट,साप्ताहिक,हल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो,पसल सञ्चालक दिनेश देवले भनेम पसल पुग्दा पत्रिका जलिरहेको थियो, कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन ।’ यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर,काठमाडौं पोष्ट लगायतका पत्रिका चोरीसमेत भएको थियो ।

ताजा अपडेट