चितवन २६ जेठ । युथ क्लब नारायणगढले भरतपुर महानगरपालिका वडा नम्बर १ बाट निर्वाचित भएका जनप्रतिनिधिलाइ बधाइ तथा शुभकामना कार्यक्रम गरेको छ ।
क्लबको कार्यालयमा आयोजना भएको कार्यक्रममा जनप्रतिनिधिलाई सम्मान सहित सामाजिक कार्यमा सहकार्य गरेर जान सस्थाले अनुरोध गरेको छ ।
कार्यक्रममा निर्वाचित वडा अध्यक्ष केशब महर्जनले वडाको आवश्यकता र जनचाहना अनुसार आफुले काम गर्ने बताउनु भयो । सामाजिक सस्थाले कामगरेको अनुभवलाइ साथ लिएर आफ्नो कार्यकाललाइ सफल बनाउने प्रयास गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नु भयो ।
वडामा रहेको अव्यबस्थित बसोबास, बिकास निर्माणको कामलाइ ध्यान दिने बताउनु भयो ।।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष हेरम्ब कुमार असिम, सुरेशकुमार श्रेष्ठ , राजकृष्ण श्रेष्ठ , ज्ञानेन्द्र पियालगायतले सहकार्य गरेर जान अनुरोध गर्नु भयो । क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यतामा भएको कार्यक्रममा उपाध्यक्ष शालिग्राम नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम रामचन्द्र आचार्यले सन्चालन गर्नु भएको थियो ।