केशव पौडेल
चितवन, २६ जेठ । पूर्वी चितवनको रत्ननगरमा भारतीय नम्वरको स्कार्पियो जीप रोकिराखेको ट्रकमा ठोक्किदा जीपमा चढेका पाँचजना घाइते भएका छन् ।
पूर्वपश्चि राजमार्ग अन्र्तगत रत्ननगर नगरपालिका वडा नं. ३ वेल्सीमा बिग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाण्डौं जादै गरेको बिआर०५ पीए ९९७४ नम्वरको स्कार्पियो ठोक्किएको थियो । दुर्घटनामा परी जीपमा सवार वारा कलैया घर भएका ४२ वर्षिय राजिवप्रसाद कुर्मी, सोही स्थान घर भएका ६० वर्षिय रामबाबु साह, ६१ वर्षिय महमदबाबु खान, ४० वर्षिय सिलादेवी साह र वाराको गढीमाइ नगरपालिका वडा नं. १० का ३२ वर्षिय रामजीप्रसाद साह घाइते भएका छन् ।
विहान ४ः२० बजे भएको दुर्घटनामा घाइते भएका यात्रुको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइराखेको छ । दुवै सवारी साधानलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।
