पहिरो खसेपछि मुग्लिन नारायणगढ सडक राति ११ बजेबाट अवरुद्ध

चितवन, २६ जेठ  । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुइ स्थानमा पहिरो खसेपछि राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
रातिदेखि परेको अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नं. ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा विहान ४ बजे पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो । पहिरो खसेपछि रातिदेखिनै पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिनुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट