बंगलादेशको ढाकामा आगलागी हुदा मृत्यु हुनेको संख्या ८१ पुग्यो

काठमाडौं ,१० फागुन :

बंगलादेशको ढाकास्थित रसायन राखिने एक गोदाममा आगलागी हुँदा  मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।

घटनामा एक सय भन्दा बढी घाइते भएका छन्।  बुधबार रातभरी लागेको आगो बिहिबार दिउँसो १ बजेमात्र नियन्त्रणमा आएको थियो ।  आगो लाग्नुको प्रमुख कारण थाहा हुन सकेको छैन। ढाकाको उक्त पुरानो इलाका चौकबजारमा आगो ग्यास सिलिन्डरबाट लागेको हुन सक्ने र पछि तिब्र गतिमा ज्वलनशिल पदार्थ भन्डार गरिएको पुरै भवनमा फैलिएको हुनसक्ने बंगलादेशका अधिकारीहरुले जनाएका छन् ।

आगोको चपेटामा त्योसँग जोडिएका ४ वटा भवनमा फैलिएको थियो। ती भवनमा प्लास्टिकका दाना र बडी स्प्रे राखिएको र त्यो बाहेक रासायनिक गोडामका रुपमा पनि प्रयोग हुने गरेको बताइएको छ ।

आगलागी हुँदा ट्रफिक जाम भइरहेको र त्यसले गर्दा मानिसहरु भाग्न नसकेको र घाइते भएकाे बताइएकाे छ । आगलागी भएको गल्ली अत्यन्त साँगुरो थियो ।  स्टोरमा राखिएका अत्यन्त ज्वलनशिल पदार्थका कारण आगोले भयानक रुप लिएको थियो । यसअघि ढाकाको एक पुरानो भवनमा २०१० मा पनि आगलागीको यस्तै घटना भएको थियो ।

त्यतिबेला १ सय २० भन्दा धेरैको मृत्यु भएको थियो । (एजेन्सी )

ताजा अपडेट