चितवन, २५ जेठ । दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा चितवनमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनु भएको छ । घलानले पूर्वी चितवनको राप्ती नगरपालिका–६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई दुइ महिनादेखि बलात्कार गर्दै आइरहेका थिए ।
काठमाडौँ बसेर ज्याला मजदुरी गर्दै आइरहेकी युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आउनु भएको थियो । बसबाट राति भण्डारा बजारमा ओर्लिएकी युवतीलाई घलानले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पु¥याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगेका थिए । सोही दिन राति घलानले अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरेको पीडित युवतीकी भाउजुले जाहेरीमा उल्लेख गर्नु भएको छ ।
दुई महिना भन्दा बढी समयसम्म बन्धक बनाई बलात्कार गरेपछि युवतीमा स्वास्थ्य समस्या देखिएर घलानले स्थानीयको सहयोगमा अस्पताल पु¥याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उहाको भाउजुले बताउनु भएको छ ।
ती महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि वुधबार घलाउनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन जिल्ला अदालतबाट अनुमति लिई घलानको थप अनुसन्धान भइरहेको छ ।