चितवनमा जन्ती वस दुर्घटना : १९ जना घाइते

 

चितवन, २५ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको रत्ननगर नगरपालिकामा जन्ती वस दुर्घटना हुदा १९ जना घाइते भएका छन् ।
रत्ननगरको हरिहर मन्दिरबाट जन्ती लिएर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नं को बस अनियन्त्रित भई पल्टिएको चितवन प्रहरीले जानकारी दिएको छ । बुधबार बेलुकी ४ः५० बजेको समया सब्जीमन्डी नजिक पुगेपछि जन्ती बस अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जानकारी दिएको छ ।
बसका चालकसहित घाइते भएकाहरुको मध्य केहीको भरतपुर स्थिति मेडिकल कलेज शिक्षण असपताल र रत्ननगरको अस्पतालमा उपचार भइराखेको छ । ती मध्ये खैरहनी ५ का ७४ वर्षीय मंगरा महत्तो, खैरहनी १० का २० वर्षीया सकिना चौधरी, ५४ वर्षीया चनु महत्तो, भरतपुर २२ बस्ने २१ वर्षीया बिसिका चौधरी, भरतपुर १० बस्ने १८ वर्षीय प्रनिश चौधरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, रत्ननगर अस्पताल टाँडीमा उपचाररत घाइतेहरुमा बसका चालक खैरहनी–९ का ३१ वर्षीय रमेश शिवाकोटी, खैरहनी ९ का २० वर्षीया संजिला चौधरी, १६ वर्षीया दिपीशा चौधरी, २७ वर्षीया सबनम चौधरी, खैरहनी १० बस्ने ६३ वर्षीय बिसुराम महत्तो, राप्ती ६ बस्ने ४० वर्षीया स्पमिनिया चौधरी, नवलपुर कावसोती १३ बस्ने वर्ष ४३ का सावित्री खरेल, रत्ननगर ४ बस्ने वर्ष ४८ का पवनी महत्तो, खैरहनी ७ बस्ने वर्ष १६ का कशिष चौधरी, खैरहनी १० बस्ने वर्ष २२ का प्रिति चौधरी, खैरहनी ६ बस्ने वर्ष ३२ का सुलोचना चौधरी, खैरहनी १० बस्ने वर्ष १७ का सपना चौधरी, वर्ष ९ का जोन चौधरी र वर्ष १४ का आकृति चौधरी रहेका छन् ।
चालक शिवाकोटीलाई सामान्य उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट