चितवन २५ जेठ । सेफ्टी ट्याङकीमा खसेर चितवनमा २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा रहेको सेफ्टी टंकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राम बहादुर चौधरी र छतिराम चौधरी रहेको चितवन प्रहरीले जनाएको छ । दुवैजनाको शव पोष्टमार्टमा लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ घर भएका छतिराम सफाई गर्ने त्रmममा अचानक चिप्लिएपछि उहालाइ उद्धार गर्न पसेका रामबहादुर चौधरी समेत टंकीमा खसेका थिए । उनिहरु लामो समयदेखि चितवन र यस आसपासमा सरसफाईको काम गर्दै आएका थिए ।