छ करोड ८५ लाखको लागतमा चार किलोमीटर सडक निर्माणको सिलान्यास

चितवन २५ जेठ ।भरतपुर महानगरपालिका वडा नम्बर ८ को अशोक चोकदेखि डेरि चोक सम्मको ४ किलोमिटर सडक निर्माण हुने भएको छ ।
चार किलोमीटर सडक निर्माण गर्न छ करोड ८५ लाखको ठेक्का लागेको हो । सडक निर्माणको बुधबार महानगर प्रमुख देनु दाहालले सिलान्यास गर्नु भयो ।
वागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ६ करोड ८५ लाख ४३ हजार ६ सय २८ रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र कुमार चौधरीले जानकारी दिनु भयो । ओम सत्य साई कन्ट्रक्सन प्रालि भरतपुर–९ ले निर्माण गर्ने सडक ७ मिटर चौडा हुनेछ । २०८० साल मंसिरमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख चौधरीले बताउनु भयो । यस अघि हाकिमचोकदेखि अशोकचोकसम्मको ३ दशमलव ८ किलोमिटर सडक भरतपुर महानगरपालिले निर्माण गरिसकेको छ ।

शेयर गरौ

ताजा अपडेट