भरतपुर महानगरको कार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धन विजयी

चितवन, २४ जेठ । भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेद्वारहरु निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका ८ जना नै निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी –९२) मत प्राप्त गरी विजयी हुनु भएको छ ।
महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसकी नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)की बिना नेपाली (८६) निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
एमाले–राप्रपा गठबन्धनबाट ३ जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ सदस्यमा पाँच नै उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।

शेयर गरौ

ताजा अपडेट