नेकपाका युवा सांसद उत्तरकुमार ओलीको दुर्घटनामा परी निधन

काठमाडौं, १० फागुन ।
नेपाल कम्युनिस्ट पार्टीका प्रदेश ५ का प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन भएको छ ।
कार दुर्घटनामा परी गम्भिर घाईते ओलीको उपचारका क्रममा आज बिहान निधन भएको हो ।
दाङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद ओलीको आज बिहान करीव ३ बजे ललितपुरको एक अस्पतालमा उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् । प्रदेश सांसद ओली सवार जिप र बस घोराही–लमही सडकमा एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए । ओली दाङ्ग क्षेत्र नं. ३ ‘ख’मा तत्कालीन एमालेबाट प्रदेश सभामा निर्वा्चित भएका थिए । ओलीप्रति श्रद्धान्जलि दिन नेकपाले पार्टी कार्यालयमा शव राख्ने भएको छ । शव बिहान ९ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा राखिनेछ । त्यसपछि ओलीको शव आजै गृह जिल्ला दाङ लगिने जनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट